अजरबैजान र पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोल्यान्ड र अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं – ५ हाँडीगाउँका ग्रीस बिलास जोशीले सुस्मिता थापा नाम गरेकी युवतीलाई पोल्याण्ड पठाइदिन्छु भनी ६ लाख ठगी गरी सम्पर्क बिहीन भएकोले प्रहरीले खोजीका क्रममा जमलबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

त्यस्तै मिराकल कन्सल्टेन्सीका सञ्चालक रामशरण शिवाकोटीले अजरबैजान पठाइदिन्छु भनी विभिन्न व्यक्तिबाट ३३ लाख ५२ हजार उठाई सम्पर्कबिहीन रहेकोले प्रहरीले खोजीका क्रममा कञ्चनपुरबाट पक्राउ गरेको छ ।

प्रहरीले उनीहरु दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको जनाएको छ ।

प्रतिक्रिया