५० वर्षीया मायाले बिहे गर्न नमानेपछि हत्या, ४६ वर्षका चन्द्र पक्राउ


झापा– झापामा बिहे गर्ने प्रस्ताव अस्विकार गर्दा एक महिलाले ज्यान गुमाएकी छिन् । बिर्तामोड नगरपालिका–५ बस्ने इलाम माई नगरपालिका–१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या भएको हो ।

उनको हत्या अरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–८ गरामनी घर भई सोही नगरपालिका–५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई पक्राउ गरेको छ । माया पुलामी माघ ८ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

अनुसन्धानको क्रममा घटनामा प्रसाईले उनलाई विवाहको प्रस्ताव अस्विकार गर्दा मारेको खुलेको छ । कुराकानी गर्ने क्रममा प्रसाईले विवाह प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईले ढुङ्गा प्रहारगरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको हो ।

प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया