बेलायती सेना प्रमुख स्याण्डर्स नेपालमा


काठमाडौं – बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपाल आएका छन् । उनी छ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान आइपुगेका हुन् ।

पोखरामा हुन लागेको परेड कार्यक्रममा सहभागी हुन स्याण्डर्स नेतृत्वको टोली कतार एअरवेजको दोहा हुँदै आएको बुझिएको छ ।

पोखरामा आजदेखि गोर्खा रिक्रुट परेडको आयोजना गरिएको छ ।

बेलायती सेना प्रमुखको टोली शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी शुक्रबार पोखराबाट काठमाडौं आइपुग्नेछन्  ।

प्रतिक्रिया