मन्थलीमा विनाकारण २ महिनाका लागि निषेधाज्ञा जारी


रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा आइतबारदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसमा स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम माघ १४ गतेदेखि दुई महिनाका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जारी गरेको सूचनामा उल्लेख छ ।

मन्थली बजारस्थित राष्ट्रिय वाणिज्य बैंकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंक जाने सडक र त्यसको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ । जबकी मन्थलीमा पछिल्लो समय कुनै पनि विरोधका कार्यक्रमहरू भएका छैनन्। प्रशासनले हचुवाको भरमा निषेधाज्ञा जारी गरेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

तर सूचनामा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता कार्यक्रम गर्दा विभिन्न समूहबीच आपसी झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने भन्दै निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

 

प्रतिक्रिया