

श्रीलङ्का क्रिकेट बोर्डमाथि आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं- श्रीलङ्का क्रिकेट बोर्डमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हटाएको छ । आइतबार बसेको आईसीसी बोर्ड बैठकले उक्त निर्णय लिएको हो ।
बोर्डको पछिल्लो अवस्थाबाट सन्तुष्ट रहेको जनाउँदै तत्कालका लागि प्रतिबन्ध फुकुवा गरिएको आईसीसीले जनाएको छ ।
आईसीसीले क्रिकेट सङ्घमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो ।

