सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया