

विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन

काठमाडौं- हिजो त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन भएको छ ।
उक्त घटनाको छानिबनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमक संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।
समितिलाई सोमबारको उक्त घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
शुक्रबार दिउँसो अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा चेकजाँचमा खटिएका प्रहरीबीच कुटपिट भएको थियो ।

