

गैंडाकोटको होटेलमा सडेको खाना

नवलपरासी- गैंडाकोटमा महेन्द्रराजमार्ग हुँदै पूर्व-पश्चिम ओहोरदोर गर्ने बसका यात्रुले खान्छन् । तर, गैंडाकोटस्थित थुम्सीको एक होटलले सडेको खाना बेचेको भेटिएको छ ।
नगरपालिकाको बजार अनुगमन टोलीले गैंडाकोट नगरपालिका-९ थुम्सीमा रहेको राप्ती मुनाल होटलले सडेको खाना बिक्री गरेको भेटिएपछि शुक्रबार ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
नगरपालिकाका अधिकृत देवेन्द्र गौतमले सडेको खाना बिक्री गरेको प्रमाण भेटिएपछि पहिलोपटकका लागि नगद ५ हजार रुपैयाँ जरिवाना गरिएको बताए । होटलको भान्छा फोहर र खाद्य परिकार सुरक्षित नराखेको, सरसफाइमा चरम हेल्चेक्र्याइँ गरेको भेटिएपछि अनुगमन टोलीले कारबाही गरेको उनले बताए ।

