यू–१९ विश्वकप: अफगानिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने


काठमाडौं- आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

टस जितेर अफगानिस्तानका कप्तान नासिर खान मरुफखिलले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएका छन् । खेल दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुँदैछ ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।

 

प्रतिक्रिया