रुसी सेनामा भर्ना भएर ६ गोली खाएका युवक नेपाल फर्किए, अस्पताल भर्ना


काठमाडौं- रुसी सेनामा भर्ना भए। गम्भीर घाइते भएका एक नेपालीको काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ । दैलेख घर भएका कृष्णबहादुर वलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उनको शरीरमा ६ राउण्ड गोली लागेको बताइएको छ । उनी बिहीबार राति मात्रै रुसबाट काठमाडौं आएर अस्पतालमा भर्ना भएका थिए ।

युक्रेनी सेनाको आक्रमणमा परी गम्भीर घाइते भएका उनी कसरी नेपाल आए भन्ने खुलेको छैन ।

प्रतिक्रिया