
सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराज हटाइए, धामीलाई जिम्मेवारी
कैलाली- माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् ।
माओवादी बहुमत प्रदेशसभा सदस्यहरूले भट्टलाई हटाएका हुन् । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको बताइएकाे छ ।
धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।



कागजपत्र |
