माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका एक दर्जन कार्यकर्ता पक्राउ


काठमाडौँ – काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनको आयोजना गरेको छ ।

आइतबार संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ पनि परेका छन्।

उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर !, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया