काठमाडौं विमानस्थलबाट फेरि सुनसहित मान्छे पक्राउ


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करिब आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

प्रतिक्रिया