
६ महिनामै नेपालमा भित्रियो १५ अर्बको स्मार्टफोन
काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन भित्रिएकाे छ । भन्सार विभागको तथ्यांका अनुसार ६ महिनामा १० लाख १५ हजार २८६ स्मार्टफोन भित्र्याइएको हो ।
यी फोनको मूल्य १५ अर्ब पाँच करोड २७ लाख रुपैयाँ छ । यसबापत सरकारले दुई अर्ब ८० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।



कागजपत्र |
