
काभ्रेमा ७ जना जुवाडे पक्राउ
काभ्रे- काभ्रेमा जुवाखालबाट ७ जना समातिएका छन् । धुलिखेल नगरपालिका–१२ का ४६ वर्षीय विकास तामाङसहित ७ जनालाई प्रहरीले पनौती नगरपालिका–४ बसपार्कस्थित खाजा घरमा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट ५६ हजार ५ सय ६० रुपैयाँ र एकबुक तास पनि बरामद गरेको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।



कागजपत्र |
