धनगढीका लागि उडेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण


काठमाडौं- काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण गरेको छ । धनगढीमा मौसम खराबी भएका कारण विमान फर्किएको हो।

धनगढी विमानस्थल कार्यालयका अनुसार बुधवार दिउँसो साढे १ बजे काठमाण्डौँबाट उठेको विमान साढे २ घण्टा आकाशमा होल्ड भएको थियो ।

धनगढीको मौसम नखुलेपछि विमान नेपालगञ्जमा अवतरण भएको हो । धनगढीमा रहेको मौसम खराबीका कारण विमान अवतरणमा समस्या हुने गरेको छ।

धनगढी  विमानस्थल कार्यालयका अनुसार श्री एयर र बुद्ध एयरको एक/एक विमान भने धनगढी विमानस्थलमा अवतरण भएका छन् ।

प्रतिक्रिया