

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका कार्की कोषको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् ।

