सशस्त्र इन्स्पेक्टर थापालाई ७ दिनभित्र सम्पर्कमा आउन गृहको ताकेता (सूचनासहित)


काठमाडौं – सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुसान्त थापालाई गृह मन्त्रालयले सफाई पेश गर्न सूचीत गरेका छ ।

भक्तपुर स्थायी घर भएका थापा यही मंसिर २१ गतेदेखि बिदा स्वीकृत नगराई बिनासूचना सम्पर्कबिहीन रहेर पदीय जिम्मेवारी आचरणविपरितको काम गरेको भन्दै मन्त्रालयले उनलाई विभागीय कारबाहीको तयारी गरेको जनाइएको छ ।

उनलाई बाटोको म्यादबाहेक सात दिनभित्र कारणसहित उपस्थित हुन सूचीत गरेको छ, यदि अनुपस्थित भएमा सेवाबाट हटाइने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया