

त्रिशुलीमा ‘गाडी खस्यो’, खोजीका लागि गोताखोर टोली परिचालन

काठमाडौं — मुग्लिन–नारायणगढ सडकबाट त्रिशुलीमा ‘गाडी खसेको’ जनाइएको छ ।
स्थानीयहरुले बिहान सवा चार बजे इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा खोजिरहेको जनाइएको छ ।
त्यसबारे अन्य विवरणप्राप्त भइसकेको छैन ।

