
गोली लागेर युवकको मृत्यु भएको घटनापछि डीएसपी थापाको सरुवा
काठमाडौं- सर्लाहीस्थित इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिएसपी गङ्गा थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाइएको हो । उनी सिन्धुलीस्थित दुधौली तालिम केन्द्रमा कार्यरत थिए ।
पुस २० गते नगर अस्पतालको स्तरोन्नती गर्ने विषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय गर्दै आएका जयशंकरको घटनास्थलमै मृत्यु भएको थियो । सो घटनाका कारण डिएसपी थापालाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी मुक्त गरेको हो ।
अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन ११ बुँदे सहमति भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको थियो ।



कागजपत्र |
