
कैदीबन्दीका लागि बनेका खाना बमजनले गरे अस्वीकार
काठमाडौं – सर्लाही जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएका लिटिल बुद्ध भनिने तपस्वी रामबहादुर बमजनले सामान्य कैदीबन्दीका लागि बनेको खाना अस्वीकार गरेका छन्।
महोत्तरीको जलेश्वर कारागारमा पठाइएका उनले प्याज, लसुन र बेसार नभएको खाना मात्र खाने बताएका छन् । ‘अन्यले खाने खाना मलाई नदिनू, मलाई सादा परिकार दिनू’, बमजनको मागबारे कारागार प्रशासनले भन्यो,‘हामीले उहाँको चित्तबुझ्ने खालको परिकार दिएका छौं।’
कारागारमा बमजनका लागि अलग र विशेष कक्ष तयार पारिएको छैन। सामान्य कैदीबन्दी बस्ने ठाउँमा नै राखिएको छ।
जलेश्वर कारागारमा बमजन जस्तै ७ जना जोगी रहेका कारण तिनलाई बनेको खाना नै दिने प्रबन्ध मिलाएको कारागार प्रशासनले जनाएको छ ।



कागजपत्र |
