
सुनको मूल्य बढ्यो
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । त्यस्तै तेजावी सुन तोलाको एक लाख १७८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



कागजपत्र |
