
मधेश सरकारले स्वाभिमान दिवस मनाउने
जनकपुरधाम – मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गते स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।
२०७८ माघ ३ गतेका दिन तत्कालीन ‘प्रदेश नं. २’को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता एवं गृहसञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले जानकारी दिए ।
उनका अनुसार माघ ५ गतेलाई मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको छ । उनका अनुसार बलिदानी दिवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गर्ने छ ।



कागजपत्र |
