

मदन पुरस्कार विजेता पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद

काठमाडौं- विशेष अदालत काठमाडौंले मदन पुरस्कार विजेता नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई ३ वर्षको जेल सजाय सुनाएको छ ।
रकम हिनामिना मुद्दामा दोषी ठहर्याउँदै उनलाई ३ वर्षको जेल सजायसँगै १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा जरिवानासमेत तोकिएको अदालत स्रोतले जानकारी दिएको छ ।

