
‘प्रहरीको मान्छे’ भन्दै धम्काएर पैसा माग्ने बनेपाबाट पक्राउ
काभ्रे- ‘प्रहरीको मान्छे हुँ’ भन्दै धम्काएर ठगी गरेको आरोपमा काभ्रेको बनेपाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका– ३ का ३४ वर्षीय आशिष तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
आशिषले पुस १८ गते बनेपा नगरपालिका–७ स्थित रमेश बिकले सञ्चालन गर्दै आएको न्यू पार्वती सुनचाँदी पसलबाट धम्काएर ५ हजार रुपैयाँ मागेको प्रहरीले जनाएको छ।
ठगी गरेको अभियोगमा आशिषलाई प्रहरीले पौष २३ गते बनेपा नगरपालिका–७ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।



कागजपत्र |
