देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


काठमाडौँ –  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका छन् ।  सभापति  देउवाले दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।

फागुन २३ गते बस्ने संसद बैठकमा पार्टीले निर्वाह गर्ने भूमिका एवम् कुन रूपमा प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ । साथै बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

गत १३ गते बसेको पदाधिकारी बैठकले नेकपा विभाजनको प्रष्टता नहुने तटस्थ बस्ने निष्कर्ष निकालेको थियो । तर संसदमा सरकार गठनको प्रक्रिया सुरु नहुँदै नेताहरु पक्ष विपक्षमा विभाजित हुन थालेपछि देउवाले छलफललाई जोड दिएको बुझिएको छ ।

कांग्रेसको संसदीय दलको बैठक पनि भोलि (शुक्रबार) बस्दैछ । केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ ।

प्रतिक्रिया