

सरकार–विप्लव समूहबीच तेस्रो चरणको वार्ता सुरु, कार्यकर्ता नपक्रन प्रहरीलाई निर्देशन

काठमाडौं – सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको छ । बुधबार वार्ताको पहिलो दिन बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक बिहीबार दुवै पक्ष वार्तामा सहभागी भएका छन् ।
बालुवाटार निकट स्रोतका अनुसार अहिले भइरहेको छलफलमा समूहका राजनीतिक एजेण्डाबारे कुराकानी हुनेछ । प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकार सकारात्मक रहेको जनाइएको छ ।
दोस्रो चरणको वार्तापछि सरकारले विप्लव कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राजन भट्टराई रहेका छन् भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेको वार्ता टोली छ ।

