
बारीको कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु
काठमाडौं- सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु भएको छ। फिक्कल गाउँपालिका–५ का ७४ वर्षीय मनबहादुर बुढाथोकीको शनिवार साँझ मृत्यु भएको हो ।
घर नजिकै बारीको कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।
बुढाथोकीको शव पोस्टमर्टमका लागि सिन्धुली अस्पताल पठाइएको उनले जानकारी दिए ।



कागजपत्र |
