बंगलादेशमा गुडिरहेको रेलमा आगलागी


काठमाडौं- बंगलादेशमा गुडिरहेको रेलमा आगलागी भएको छ ।

शुक्रबार राति बेनापोलबाट ढाका जाँदै गरेको रेलमा आगलागी भएको बंगलादेशको दमकल सेवाले जनाएको छ ।

अहिलेसम्म रेलबाट चार शव निकालिएको  र्‍यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले बताए ।

रेलका केही डिब्बामा आगो देखिएपछि रेल रोकिएको र त्यसपछि स्थानीयले आगो निभाउने प्रयास थालेको बताइएको छ।

प्रतिक्रिया