

इटालीमा फैलियो फ्लु, अस्पतालमा भीड

एजेन्सी- इटालीमा फ्लु भाइरसको फैलावट चिन्ताजनक रहेको इटालियन फेडेरेसन अफ हेल्थ एन्ड हस्पिटल कम्पनिज (एफआईएएसओ) ले जनाएको छ।
फियासो सर्वेक्षणअनुसार गत हप्तामा फ्लु सम्बन्धित गहन हेरचाह इकाइ केसहरूको संख्या लगभग दोब्बर भएको छ। कोरोनाभाइरसका केस घट्दै जाँदा फ्लुका केस बढ्दै गएको अध्ययनमा देखिएको हो। जसले देशको स्वास्थ्य सेवा प्रणालीमा ठूलो प्रभाव पारिरहेको छ।
यसैबीच इटालियन सोसाइटी अफ इमर्जेन्सी मेडिसिनले रोम, मिलान र टुरिनका अस्पतालमा भीडभाड भइरहेको बताएको छ। फ्लुका कारण वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या बढेको छ। (सिन्ह्वा/नान)

