

चन्द्रमाको यात्रामा जान ईच्छुक आठजनाको खोजी गर्दै जापानी अर्बपति

काठमाडाैं – जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।
‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्, ‘उनले ट्वीटरमा राखिएको भिडिओमा भनेका छन्। उनले त्यसकालागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन्।
उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा नि:शुल्क हुने पनि बताएका छन् । डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।
उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू ‘जुनसुकै गतिविधि’ मा भए पनि उनीहरूले ‘अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ,’ र ‘ त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’, उनले भने।
‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ,’ उनले थपे। मङ्गल ग्रहमा ३,००० दिन बिताएको रोबटले त्यहाँ यस्तो देख्यो ।

