विप्लव समूहसँगको वार्ताबाट छिट्टै सुखद परिणामः गृहमन्त्री बादल


काठमाडौं– गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहसँगको वार्ताबाट छिट्टै सुखद परिणाम आउने बताएका छन्।

बुधबार पहिलो चरणको वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले यस्तो बताएका हुन्। ‘वार्ता सकारात्मक छ। चाँडै सुखद परिणाम आउनेछ’, उनले भनेका छन्।

सरकारका तर्फबाट बादलसहित डा. राजन भट्टराई र विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रचण्ड र उदयविक्रम चलाउने दिपक वार्तामा बसेका थिए।

प्रतिक्रिया