

भएन एक वर्षसम्म अधिवेशन, स्वास्थ्यकर्मी संघले गर्यो अध्यक्ष घिमिरेको बर्खास्तीको माग

काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघले तदर्थ समिति गठनको माग गरेको छ । संघले पार्टी सभापति, उपसभापति, महामन्त्रीलगायतलाई पार्टीले मान्यता दिएको संघको तदर्थ समिति गठनका लागि अनुरोध गर्दै निवेदनसहित माग गरेको हो ।
निवेदनमा संघका अध्यक्ष रामजी घिमिरेले संघलाई मान्यता प्राप्त गरेको एक वर्षसम्म पनि अधिवेशन वा केन्द्रीय कार्य समितिको बैठक नगरेपछि निजलाई बर्खास्त गरी नयाँ तदर्थ समिति गठनको माग गरेको हो ।
निवेदनमा, अध्यक्ष घिमिरेले संघको पद देखाई देश÷विदेशबाट प्राप्त आर्थिक सहयोग पनि हिनामिना गरेको र कांग्रेसको विधान २०१७ संसोधन सहित २०७८/०८/२८ को दफा २२ को ८ नं.मा शुभेच्छुक संस्था लाई सम्बन्धन र आवश्यक निर्देशन दिने २० नं. मा शुभेच्छुक संघले पार्टी हितविपरीत काम गरेमा विघटन गरि तदर्थ समिति गठन गर्नेछ भन्ने रहेको छ । यस्तै दफा ४२ को (२) मा शुभेच्छुक संस्था सम्मन्धि ब्यवस्था रहेको छ जसमा संस्था लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने, उद्देश्य, सिद्धान्त र विधान लोकतान्त्रिक हुनेछ भन्ने छ । जसको भावना विधान बमोजिम निर्वाचन हुनु हो तर हालका अध्यक्ष रामजि घिमिरे संगठन विस्तार भन्दा कमाउ खाने संस्था बनाएको जनाउँदै तत्काल बर्खास्त गर्न माग गरिएको छ ।
निवेदनः
श्रीमान सभापति शेरबाहादुर देउवा ज्यू
सम्माननीय पुर्व प्रधानमन्त्री ज्यु
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय
वीपी स्मृति भवन , वीपी नगर ,ललितपुर
श्रीमान उपसभापति ज्यू
माननीय पूर्ण बहादुर खड्का ज्यु
नेपाली काङ्ग्रेस केन्द्रीय समिति
श्रीमान उपसभापति ज्यू
माननीय धनराज गुरुङ ज्यू
नेपाली काङ्ग्रेस केन्द्रीय समिति
श्रीमान महामन्त्री ज्यू
माननीय गगन कुमार थापा
नेपाली काङ्ग्रेस, केन्द्रीय समिति
श्रीमान महामन्त्री ज्यु
माननीय विश्वप्रकाश शर्मा ज्यु
नेपाली काङ्ग्रेस केन्द्रीय समिति
श्रीमान मुख्य सचिव ज्यू
नेपाली काङ्ग्रेस , केन्द्रीय कार्यालय
माननीय कृण्ण पौडेल ज्यू
श्री डा शेखर कोइराला ज्यु
नेपाली कांग्रेस
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय
विषय : नेपाल स्वास्थ्यकर्मी संघ (शुभेच्छुक संस्था ) को म्याद समाप्त भएकोले नयाँ तदर्थ समिति गठन गरिदिन हुन सम्बन्धमा ।
महोदय
उपरोक्त समन्धमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था मिति २०७९/१०/२५ मा शुभेच्छुक संस्था मान्यता पत्र पाएपछि संघका अध्यक्ष रामजि घिमिरिले कुनै तहको अधिवेशन तथा पूर्ण केन्द्रीय कार्य समिति बैठक बसि संघलाई चलायामान बनाउन नसकेको विभिन्न NGO/INGO लाई संस्था देखाई डलर खाने मात्रै काम गरेको हुँदा निजलाई तत्काल बर्खास्त गरि नयाँ तदर्थ समिति बनाउन हुन हार्दिक अनुरोध गर्दछौ । नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहित २०७८/०८/२८ को दफा २२ को ८ नं.मा शुभेच्छुक संस्था लाई सम्बन्धन र आवश्यक निर्देशन दिने २० नं. मा शुभेच्छुक संघले पार्टी हितविपरीत काम गरेमा विघटन गरि तदर्थ समिति गठन गर्नेछ भन्ने रहेको छ । यस्तै दफा ४२ को (२) मा शुभेच्छुक संस्था सम्मन्धि ब्यवस्था रहेको छ जसमा संस्था लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने, उद्देश्य, सिद्धान्त र विधान लोकतान्त्रिक हुनेछ भन्ने छ । जसको भावना विधान बमोजिम निर्वाचन हुनु हो तर हालका अध्यक्ष रामजि घिमिरे संगठन विस्तार भन्दा कमाउ खाने संस्था बनाएका छन् ।
नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १४ दफा ३७ (३) मा लोकतान्त्रिक विधिका बारेमा उठान गरिएको छ । अनुसुची–१७ (ख) मा शुभेच्छुक संस्थालाई दिइने मान्यतापत्र सम्बन्धित छ । यी सबै विधान, नियम हेर्दा नेपाली स्वास्थ्यकर्मी संघले २०७९/१०/२५ गते शुभेच्छुक संस्था को मान्यता पाएपछि तदर्थ समितिमा अध्यक्ष रामजी घिमिरेले संस्थाभन्दा ब्यक्तिवादि भई संस्थाको नाम बेचेर कमाउभन्दा गरिरहेका छन् सो हुदा निजलाई तत्काल हटाई नया तदर्थ समिती बनाई दिनुहुन हामी सम्पूर्ण स्वास्थ्यकर्मी माग गर्दछौं ।
बिगतमा नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल स्वास्थ्यकर्मी संघका निर्वतमान अध्यक्ष रामजि घिमिरे का कारण संघ २०८०/७/२४ मा म्याद समाप्त भएको छ २०७६/ कार्तिक २२-२३ सम्म काठमाडौं मा सम्पन्न सातौ महाधिवेशनको ४ बर्ष कार्यकाल यहि गत कार्तिक २३ गते समाप्त भएको जानकारी गराउदँछौ । यस समयमा अध्यक्ष रामजी घिमिरेले संघ को परिषद, भेला र अन्य कुनै अधिबेशन नगराएको खालि केही स्वंयमसेवकको मात्रै केहिले PSI र कहिले UNI कार्यक्रम मात्रै गरि आर्थिक अनियमितता समेत गरेकाले निजलाई कारवाहि गरि तत्काल नयाँ कमिटी गठन गर्न आवश्यक पहल गरिदिन हार्दिक अनुरोध गर्दछौं ।
नेपाल ट्रेड युनियन कांग्रेसको विधान, नियम, विनियम, कार्यविधि र निर्देशिका परिच्छेद ४ को ७.७ मा आबद्ध संघ को अधिवेशन ञ र ज मा तोकिएको समयमा र ४ वर्षमा अनिवार्य रुपमा गर्नुपर्नेछ भन्ने लेखिएका छ । नेपाल स्वास्थ्यकर्मी संघको विधान २०५० परिमार्जित सहित २०७५ को १५ मा महाधिवेशन प्रत्येक चारवर्षमा हुने छ भन्ने ब्यवस्था रहेको छ । विधानको ५.१ मा संघीय अधिबेशन ४ वर्षमा हुने छ भनी उल्लेख छ । दफा १४ मा कार्यावधि को १ मा नेपाल स्वास्थ्यकर्मी संघका सबै तहको निर्वाचित कार्य समितिहरुको अवधि निर्वाचन भएको मितिदेखि ४ बर्षको हुनेछ । तर प्रतिष्ठानस्तरको समितिको अबधि दुई वर्षको हुनेछ । राष्ट्रिय समितिले विषेश कारण देखाई एकपटकमा ६ महिनामा नबढाई बढिमा ३ पटकसम्म अबधि थप गर्न सक्नेछ भने ब्यवस्था छ (यो ब्यवस्था राष्ट्रिय समितिले प्रतिष्ठानस्तरको समितिको अबधि थप गर्नको लागि मात्रै हो) । संघको केन्द्रीय समितिले पनि आजका मितिसम्म र म्यादभित्र बैठक बसेर कुनै निर्णय नगरेकाले संघ स्वत विघठन भएको हुँदा नयाँ समिति गठन गर्न माग गर्दछौ ।
अध्यक्ष घिमिरे ट्रेड युनियन कांग्रेसको वेबसाइडमा पनि सातौ अधिबेशनपछि निर्वाचित केन्द्रीय समितिको नामावली अपलोड नगाएको पनि उनी घिमिरेले कति गैरजिम्मेवार हुन भन्ने थाहा हुन्छ । हाल संघका अध्यक्ष रामजि घिमिरे अझैसम्म पनि आँफू नै अध्यक्ष हुँ भनी UNI को मार्फत विभिन्न कार्यक्रम गरिरहेका छन् उनी हाल अबैध अध्यक्ष हुन् । सो हुँदा तत्कालै नया महाधिवेशन तयारि समिति बनाउन माग गर्दछौ ।
निवेदक
नेपाल स्वास्थ्यकर्मी संघका सदस्यहरु
बोधार्थः
नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यालय
काठमाडौं ।
नेपाल निजामती कर्मचारी युनियन
केन्द्रीय, कार्यालय, काठमाडौ

