
धनगढीमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने
धनगढी- कैलालीको धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ ।
उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।



कागजपत्र |
