रवि लामिछानेलाई खोया हान्ने युवक छुटे


पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् ।

मंगलबार कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।

प्रतिक्रिया