
सुदूरपश्चिमलाई हराउँदै कोशी प्रदेश पीएम कप क्रिकेटको फाइनलमा
काठमाडाैं- कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो ।
क्वालिफायरमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्याे ।
कोशीले अब उपाधिका लागि विभागीय टिम एपीएफसँग भिड्नेछ ।



कागजपत्र |
