
जापानमा ७.४ रेक्टर स्केलको भूकम्प
काठमाडौं– जापानमा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयानुसार सोमबार साँझ ४:१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको हाे ।
भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ ।
इशिकावा प्रिफेक्चरको नोटोसम्म पाँच मिटरसम्मको सुनामी पुग्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ ।



कागजपत्र |
