
अधिकांश सरकारी वेबसाइट डाउन
काठमाडौं- सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरु बन्द भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबारबिहान १० बजेदेखि नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आएका छैनन् ।
‘साइबर हमला’का कारण बिहानैदेखि सरकारी वेबसाइट डाउन भएको बताइएकाे छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरू समस्या सुल्झाउन खटिएका छन् ।
सरकारी वेबसाइट डाउन हुँदा सेवाग्राहीले सास्ती भाेगिरहेका छन् ।



कागजपत्र |
