

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ ।
सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने छ । गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।

