जडीबुटीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु


काठमाडौं- काठमाडौंको जडीबुटीमा सवारी दुर्घटनामा बालिकाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगर रहेकी छन् । उनको शनिबार साँझ ज्यान गएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया