
पछिल्लो मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू (निर्णयसहित)
काठमाडौं – सरकारकी प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले मन्त्रीपरिषद्को पछिल्ला बैठकको निर्णय सार्वजनिक गरेकी छिन् ।
उनका अनुसार सरकारले गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवं प्रिन्टिङ सल्लाहकारमा रामकृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको सुर्यगढी-२ का अधिकारीलाई गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा एक बमोजिम नियुक्त गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम प्रेस सेन्टर नेपालका उपमहासचिव रहेका अधिकारी मेरो न्यून अनलाइनका सम्पादकसमेत रहेका छन् ।





कागजपत्र |
