सन्दीपविरुद्धको मुद्दाको बहस सकियो, आजै आदेश आउने


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै शुक्रबार आदेश आउनेछ।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।

यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।

प्रतिक्रिया