

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै कुटिए शिक्षक

दोलखा- छात्रामाथि दुर्व्यहार गरेको भन्दै दोलखाको गौरीशंकर गाउँपालिका–४ मा शिक्षकमाथि कुटपिट भएको छ । गोर्पाङ आधारभूत विद्यालयका शिक्षक पेम छिरिङ शेर्पालाई सोही विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै छात्राका दाजुहरूले कुटपिट गरेका हुन् ।
कुटपिट गर्ने दुवै जना मानेडाँडा माध्यमिक विद्यालयमा कक्षा ८ र १० मा अध्ययनरत छात्राका दाजु रहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइते भएका शिक्षकको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

