फास्ट ट्रयाक आयोजना प्रमुखमा सहायक रथी विकास पोखरेल


काठमाडौं- नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरेको छ । आज जंगी अड्डाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखमा ल्याएको हो। 

सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो। पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन् ।

फास्ट ट्रयाकको  निर्माणको जिम्मेवारी नेपाली सेनाले २०७४ मा पाएको थियो । त्यसअनुसार सेनाले अहिले निर्माणको कामलाई अघि बढाइरहेको छ । 

 

प्रतिक्रिया