

पाेखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा

काठमाडौं- पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दाेस्राे संस्करणकाे एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।
आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे ।
निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे । अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
याे खेल हारे पनि पाेखराले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब पाेखराले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा काठमाण्डाै रेजर्स र ललितपुर सिटी एफसीबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । काठमाण्डाै र ललितपुरबीचको खेल भाेलि मङ्गलवार हुनेछ । यस्तै दाेस्राे क्वालिफायर आउँदाे बिहीवार हुनेछ । एनएसएलकाे फाइनल खेल आउँदाे शनिवार हुनेछ ।

