

सुदूरपश्चिममा ७ जनामा कोरोना संक्रमण

धनगढी — पछिल्लो समय कोरोना सङ्क्रमण पुनः फैलिने खतरा बढेको छ । केही दिनयता भारतबाट आइरहेकाहरूमा कोरोना सङ्क्रमण देखिन थालेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिए ।
अहिलेसम्म भारतबाट आएका सात जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए । सात जनामध्ये बाजुरा र अछामका १–१, कञ्चनपुरका ३ र कैलालीमा २ जना रहेका छन् । भारतबाट आउनेहरूमध्ये अधिकांश बेङ्लोरबाट आउनेहरूमा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।
भारतमा पछिल्लो समय कोरोना सङ्क्रमण बढिरहेपछि त्यहाँबाट आउनेहरूसँगै कोरोना सङ्क्रमण भित्रन सक्ने खतरा बढेको छ ।

