‘रेड नोटिस’ जारी भएका अर्का अभियुक्त कतारबाट पक्राउ, आजै नेपाल ल्याइयो


‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं – इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् ।

ठगी तथा संगठित अपराध मुद्दामा फरार रहेका पासमान कतार, एनसिबि दोहाको समन्वयमा पक्राउ परेका हुन् । उनलाई सोमबार नै नेपाल फिर्ता ल्याइसकिएको छ ।

पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

उनीविरूद्ध सन् २०२३ डिसेम्बर ७ मा रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रहरीले केही सातायता २ जनालाई विदेशबाट पक्राउ गरेर नेपाल ल्याइसकेको छ ।

 

प्रतिक्रिया