लक्ष्मी कोइरीको निलम्बन फुकुवा, अब संसद प्रवेशको ढोका खुला


काठमाडौं – सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् ।

२०७२ साल भदौ २५ मा मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोप लागेका कोइरी लामोसमयदेखि फरार रहेका थिए ।

उनलाई गत साता अदालतले निर्दोष सावित गर्दै फैसला सुनाएपछि उनी संसदमा पुर्नबहाली भएका हुन् ।

 

 

प्रतिक्रिया