परराष्ट्रमन्त्री साउद र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेटवार्ता


काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ।

भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ। क्षेत्रीय सहयोगलगायत सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ पार्ने बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्नेबारे छलफल भएको हो।

छलफलमा श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाले स्थान पाउने बताइएको छ। दुई मन्त्रीले जलवायु परिवर्तनले आ-आफ्नो देशले भोग्नुपरेको गम्भीर असरबारे छलफल गरेका छन्।

बैठकमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्रीसहित, परराष्ट्र सचिव, श्रीलङ्काका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। यस्तै, श्रीलङ्काको प्रतिनिधिमण्डलमा काठमाडौँस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन्।

प्रतिक्रिया