चालु आवकाे ६ महिनामा आयो २४ अर्ब ३५ करोड विदेशी लगानी प्रतिबद्धता


काठमाडौँ – चालु आर्थिक वर्षको ६ महिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार मंसिर महिनासम्म १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै, २१ वटा उद्योग/प्रतिष्ठानहरूले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौतामा लगानी भित्र्याएका छन् ।

चालु आर्थिक वर्षको मङ्सिरसम्म भित्रिएको लगानीबाट कुल १० हजार १२० जनालाई रोजगारी सृजना हुने विभागले जनाएको छ । तथ्यांकअनुसार मंसिर महिनामा मात्रै २१ वटा नयाँ उद्योगमा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । मङ्सिरसम्म लगानी प्रतिबद्धता जनाएकामध्ये ३ वटा उद्योग ठूलो, ७ वटा मझौला र १८९ वटा उद्योग साना छन् ।

विभागका अनुसार लगानी प्रतिबद्धताको सबै भन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रमा छ । दोस्रो ठूलो आकर्षणको क्षेत्र सेवा क्षेत्र छ भने तेस्रोमा उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको विभागले जनाएको छ ।

प्रतिक्रिया